४ असार २०८३, बिहिबार

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथ दिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् ।

एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।