
काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको दुवै दलको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।








प्रतिक्रिया