
काठमाडौं, २७ असार । प्रहरीले गृहमन्त्रालयका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्मचारी निर्मल विष्ट हुनुहुन्छ ।
उहाँले गृहमन्त्री रवि लामिछाने र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई दबाव दिएको खुलेको छ ।
विष्टले ‘गृहमन्त्री रवि लामिछाने, सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न पन्थीलाई टेलिफोनबाट दबाब दिनु भएको थियो ।
दबावपछि पन्थीले गृहमन्त्रालयमा सम्पर्क गर्ने क्रममा विष्टले मन्त्री लामिछाने र गृहसचिव एकनारायण मण्डारीको नाम लिएर विदेश पठाउन दवाब दिएको खुलेको हो ।
थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।









प्रतिक्रिया