२२ जेष्ठ २०८३, शुक्रबार

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताउनुभयो ।बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।

मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताउनुभयो । बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्श्री-मती बस्दै आउनु भएको थियो । घटनापछि दुबै जना फरार छन्। उहाँहरूको खोजी भइरहेको कार्कीले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको छ ।