२९ आश्विन २०८३, बिहिबार

एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।

रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुकाबीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।

एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

उनले रियल म्याड्रिडमा वार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन्  । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।