
काठमाडौं, २७ असार । युरोकपको फाइनलमा स्पेन र इग्ल्याण्ड खेल्ने भएका छन् ।
फाइनल खेल आइतबार राति नेपाली समयअनुसार १२ः४५ बजेदेखि सुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इग्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।
२०२० मा सम्पन्न युरोकपमा इग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
स्पेन र इग्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इग्ल्याण्डले १४ खेल जितेको छ ।
त्यस्तै, ३ खेल बराबरीमा सकिएका छन् ।








प्रतिक्रिया