२३ जेष्ठ २०८३, शनिबार

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।

योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार ५ः४५ बजेदेखि सुरु हुनेछ ।