७ श्रावण २०८३, बिहिबार

बूढानीलकण्ठमा ओली र देउवाबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न अध्यक्ष ओली र देउवाबिच करीब दुई घण्टा कुराकानी भएको बताइएको छ।

दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ।