२६ असार २०८३, शुक्रबार

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाएको थियो ।

जिम्बाबेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाउनुभयो । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिनुभयो भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिनु भएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाउनुभयो । त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २/२ विकेट लिनुभएको थियो ।

यो जितसँगै भारत ५ खेलको सिरिजमा २-१ ले अगाडि भएको छ । यस अघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाबे विजयी भएको थियो । अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।