
काठमाडौं, २६ असार । नेकपा (एमाले) ले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टीमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिनु भएको हो ।
उहाँले भन्नुभयो, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । हामीले सरकारमा पठाउँने मन्त्रीहरु ल्गायतका बारेमा पछि थप छलफल गर्ने छौं । अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टीमलाई पठाउनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौं । सामान्यतया नेकपा एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ । यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं ।’
उहाँले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताउनुभयो ।









प्रतिक्रिया