२ श्रावण २०८३, शनिबार

सरकारमा जान पाइएला कि भनेर रवि लामिछाने सरकारमा टाँसिइरहनु भएको छ : मुकुल ढकाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले अझै पनि सरकारमा जान पाइन्छ कि भनेर रवि लामिछाने सरकारमा टाँसिइरहनु भएको आरोप लगाउनु भएको छ ।

आज पत्रकार सम्मेलन गर्नुहुँदै ढकालले आफ्नो शैलीमाथि प्रश्न उठाइएको भन्दै अहिले रास्वपा सभापति लामिछानेलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको बताउनुहुँदै ७३ (३) को सरकार बन्ला र सरकारमा जान पाउँला भनेर बसिरहरनु भएको बताउनु भएको हो ।

उहाँले प्रचण्ड, ओली र देउवाको शैली पन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्ने भन्दै कटाक्ष पनि गर्नुभयो । उहाँले पार्टीभित्र आफ्नो भन्दा पनि दीपक बोहराको शैलीमाथि धेरै प्रश्न उठेको टिप्पणी गर्नुभयो ।