११ असार २०८३, बिहिबार

म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन : शिक्षामन्त्री श्रेष्ठ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताउनु भएको हो ।

उहाँले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताउनु भएको छ । आरोप आफैँमा अस्पष्ट रहेको बताउँदै कुन देशको पी आर वा नागरिकता भनेर पनि नखुलाइएको र आरोप पूर्णतः निराधार रहेको स्पष्ट पार्नु भएको हो । उहाँले आफूले छानबिनमा पूरा सहयोग गर्ने पनि बताउनुभयो ।

उहाँले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गर्नुभएको छ ।