
काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेससँग संविधान संशोधनका लागि कुनै पनि ठोस सहमति नभएको स्पष्ट पार्नुभएको छ ।
आज पार्टीको सचिवालय बैठकलाई पार्टी मुख्यालयमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अनुभवहरु अनुसार के-कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने कुरा भएको तर यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिनसकेको स्पष्ट पार्नु भएको हो ।
उहाँले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अनुभवहरुले के-कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संबर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेका हौँ,’ ।








प्रतिक्रिया