१३ असार २०८३, शनिबार

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एकएक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२औं मिनेटमा रोड्रिगो जाभियरको पासमा गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो ।

पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । ५१औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै अर्जेन्टिनाले केपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो । योसँगै अमेरिका कोपाको १६औं उपाधि नजिक पुगेको छ भने समग्रमा ३०औं पटक फाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।