२८ असार २०८३, आइतबार

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा स्पेनले फ्रान्समाथि २-१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन ।  खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । उनले गरेको हेडर गोल नै युरोकप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडीले गरेको पहिलो खुला गोल थियो । १ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन ।

२१औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एकएकको बराबरीमा ल्याएका थिए । २५औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २-१ को अग्रता लिएको थियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २-१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।