
काठमाडौं, २५ असार । पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्नु भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिनु भएको हो । भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहनु भएको थियो । उहाँको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।
उहाँले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिनु हुनेछ । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।
भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नु भएको छ । यस क्रममा उनले टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाउनु भएको छ ।













प्रतिक्रिया