
काठमाडौं, २५ असार । संसदीय सहकारी छानविन समितिका सभापतिसूर्य बहादुर थापाले सहकारीहरुको समस्याछिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताउनु भएको छ । आज सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमाप्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘आजजतिपनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले, कानून निर्माण गरेर, प्रस्तावित संरचना बनाएर समाधान गरिएनभने सिंगो आर्थिक प्रणालीमा यसको दुस्प्रभाव पर्छ । बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्याहो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुन सक्छ ।’
उहाँले नियमनप्रति बेखबर हुनु र कानूनअनुसारका संरचना नबन्नु उचित नभएको भन्दै सहकारीहरु बढे अनुसार संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नियमनप्रति बेखबर हुनु र कानून अनुसारका संरचना नबनाउने कामहरु उचित भएनन् । अहिले सहकारीहरु बढी रहेको अवस्थामा त्यस अनुसारका संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको हो । सहकारीमा समस्या आउनुको कारण सहकारीको सिद्धान्त विपरित सहकारीहरु दर्ता गर्ने कामले गर्दा पनिभएको हो । सहकारीको संख्या धेरै भयो तर त्यसलाई नियमन गर्ने कानून त्यही अनुसार भएन ।’
कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षा कोष ऐनले व्यवस्था गरेपनि बन्न नसकेको भन्दै उहाँले यसप्रति ध्यानाकर्षण गराउनु भएको छ । धेरै लामो समयदेखि सहकारी रजिस्ट्रारको कार्यालय र सहकारी मन्त्रालयले अर्थमन्त्रालयमा सहकारीसँग सम्बन्धीत बचत तथाकर्जा सुरक्षा कोष स्थापनाको लागि गरिएको सहमति पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।








प्रतिक्रिया