२१ जेष्ठ २०८३, बिहिबार

कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २५ असार । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उहाँहरु नदीको बीच भागमा फस्नु भएको थियो ।

जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उहाँहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो । त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई।बी।१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदीको बीच भागमा फस्नु भएको थियो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहनु भएको छ ।