२ असार २०८३, मंगलबार

कारबाहीमा परेपछि मुकुल ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निस्कासित भएँ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिनु भएको छ ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताउनु भएको हो । उहाँले रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने स्पष्ट पार्नुभयो ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।