
काठमाडौं, २४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हो ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया