३० जेष्ठ २०८३, शनिबार

बाढी पहिरो : ७४ जनाको मृत्यु, एकसय ६१ घर डुबानमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एकजना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साथै काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णालीप्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते हुनु भएको हो । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१जना, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परेर कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँचजना वेपत्ता हुनु भएको छ । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटागोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय३५ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय९६ घर परिवार विस्थापित भएका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाईसुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्ननिकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ ।