३ श्रावण २०८३, आइतबार

सांसदले संसदमा ‘गृहमन्त्रीको धोती खुस्किएको’ भनेपछि…

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ भन्दै टिप्पणी गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको टिप्पणी गर्नु भएको हो ।

उहाँले गृहमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो,‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, ‘सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’

विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाउनु भएको थियो । उहाँले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताउनुभयो ।

गृहमन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताउनु भएको थियो ।