
काठमाडौं, २४ असार । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गर्नु भएको हो ।
उहाँले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सरकार अल्पमतमा परेपछि ‘यस्तो पनि हुँदो रैछ’ भन्ने गीत गाउनु भन्दा ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिनुभयो ।








प्रतिक्रिया