२१ असार २०८३, आइतबार

फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले खुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेको छ ।

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको खुस्मालाई अशोक थापा मगरले निर्देशन गर्नुभएको हो ।

लभ स्टोरी फिल्म भनिएको यस फिल्ममा धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचनलगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक अशोकले नै लेख्नुभएको हो भने स्क्रिनप्ले पनि उहाँकै रहेको छ ।