२२ असार २०८३, सोमबार

यस कारण रोनाल्डोले लिदैनन् सन्यास

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी सुरु भएको छ ।

रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन् भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ ।

यसैबीच, चेल्सीका पूर्वखेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबी गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबी गरेका हुन् ।

क्रिस्टियानो जुनियर अहिले १४ वर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन् । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन् ‘रोनाल्डोको यही असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहान्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।’

३९ वर्षीय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन्, निश्चित रहेको छैन् । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।