२६ असार २०८३, शुक्रबार

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक/एक गोल गरेका थिए ।

यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै, अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ ।

यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ ।