
काठमाडौं, २३ असार । इग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ ।
जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इग्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।
यसअघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इग्ल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।
यो जितपछि अब इग्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ ।
त्यस्तै, अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।
यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।









प्रतिक्रिया