२९ असार २०८३, सोमबार

भारतमाथि जिम्बाबेको शानदार जित

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न टी-२० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो ।

जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनाएको थियो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए ।

त्यस्तै, आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै, भारतीय ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३/३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्वाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।

त्यस्तै, भारतीय बलर रवि बिस्नोईले सर्वाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडि भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।