
काठमाडौं, २२ असार । मेकअप आर्टिस्ट तथा ब्युटिसियन कमला श्रेष्ठ (मनिषा) सम्मानित हुनुभएको छ ।
१२औं नेपाल अफ्रिका फिल्म फेस्टिभल समापन समारोहमा उहाँ ‘राष्ट्रिय मेकअप आर्टिस्ट २०२४’बाट सम्मानित हुनुभएको हो ।
नेपाली सौन्दर्यकला क्षेत्रमा पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रतीले सम्मान गर्नुभएको हो ।
श्रेष्ठ विराटनगरमा लामो समयदेखि मेकअप आर्टिस्ट तथा ब्युटिसियनको रूपमा सौन्दर्यकला क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

ब्युटिसियन तथा मेकअपमा डिप्लोमा गरेर श्रेष्ठले मेकअप आर्टिस्ट तथा ब्युटिसियनको रूपमा जङ स्ट्रङ नेपाल, लेपोस युनिसेक्स सलुन, लोटस युनिसेक्स सलुनजस्ता विभिन्न सलुनमा सेवा गरिसक्नुभएको छ ।
यस्तै, उहाँ पछिल्लो समय फ्रिलान्सर मेकअप आर्टिस्टको रूपमा पनि सक्रिय हुनुहुन्छ । श्रेष्ठले नेपालका ब्युटिसियनहरूको प्रतिष्ठित राष्ट्रिय प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’को उपाधिसमेत जित्नुभएको थियो ।










प्रतिक्रिया