३ श्रावण २०८३, आइतबार

वित्तीय पहुँच बढाउने प्रयासमा छौँ : गर्भनर अधिकारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय पहुँचलाई बढवा दिनका लागि आवश्यक पहलकदमी लिइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले वित्तीय पहुँचलाई बढवा दिने कुरालाई एजेण्डाका रुपमा अगाडि बढाउन खोजिरहेको बताउनुभो ।

उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ । हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौँ । वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौँ ।’

उहाँले पहिला भन्दा अहिले कृषि पेसालाई हेर्ने नजरमा धेरै नै सकारात्मक परिवर्तन आएको बताउनुभयो । पहिले कृषि पेसामा छु भन्दा गिज्याउने प्रवृत्ति रहेको भएता पनि अहिले आधुनिक कृषिमा संलग्न छु भन्दा छुट्टै खालको सम्मान प्राप्त गर्न सक्ने अवस्था बनेको उहाँको भनाई छ ।