२९ असार २०८३, सोमबार

फिल्म ‘माइली’मा करिश्मा मानन्धर अनुबन्धित

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित हुनुभएको छ ।

बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि करिश्मालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।

फिल्म युनिटले करिश्माको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताउनुभयो । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’ निर्देशक बलामीले भन्नुभयो ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद तथा राजेन्द्र बजगाईको संगीत रहनेछ ।