६ श्रावण २०८३, बुधबार

कोपा अमेरिका : भेनेजुएलालाई हराउँदै क्यानडा सेमिफाइनलमा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडनडेथमा ४-३ गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको हो । जसमा क्यानडाका ६ मध्ये चार खेलाडीले गोल गर्दा भेनेजुएलाका ३ खेलाडीले मात्रै गोल गर्न सकेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा क्यानाडाले १४औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलमार्फत अग्रता लिएको थियो । भेनेजुएलाले ६५औं मिनेटमा सालोमन रोन्डोनले गोल गरेपछि खेल बराबरीमा आएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउट हुँदै सडन डेथबाट खेलको नतिजा क्यानडाको पक्षमा पुग्यो ।

पेनाल्टी सुटआउटमा दुवै टिमले ३-३ गोल गरेका थिए । त्यसपछि सडनडेथमा पुगेको थियो ।

सडनडेथमा भेनेजुएलाका लागि छैटौं पेनाल्टी विल्कर एन्जेलले गर्न असफल भएका थिए । तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट गोल गर्दै अन्ततः क्यानडालाई ४-३ ले जित दिलाए ।

सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनाको सामाना गर्ने छ । यी दुई टिम समूह चरणमा पनि भिडेका थिए । समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गरेको थियो ।