८ असार २०८३, सोमबार

गायक केदार बरुवालको ‘टाढा टाढा’मा सोफी र प्रभात

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको ‘टाढा टाढा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

हाल अष्ट्रेलियामा बस्दै आउनुभएका गायक बरुवालकै शब्द सृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ ।

कहिल्यै नछुट्टिने बाचा कसम खाएको प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज भट्टले निर्देशन गर्नुभएको हो । जहाँ मोडल शोफी धरेल र मोडल प्रभात पल ठकुरी गज्जबसँग खुल्नुभएको छ ।

कहिल्यै नछुट्टिने कसम खाएको यो जोडी एकाएक छुट्टिनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ । कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्ताङका रमणीय दृश्यहरुका कारण झनै विशेष बनेको बताउँनुहुन्छ गायक तथा संगीतकार बरुवाल ।

गीतलाई गीतकारसमेत रहनुभएका बरुवालले कोरोना महामारीको समयमा क्वारेन्टाइनमा बस्दा सृजना गर्नुभएको हो । उहाँले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गर्नुभएको थियो ।

रमन बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सव दाहाल गर्नुभएको हो भने सम्पादन दिलशन शाहले गर्नुभएको हो ।

भिडियो गायक बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो ।

गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजललगायत दर्जन बढी गीत बजारमा ल्याइसक्नुभएको छ ।