
काठमाडौं, २२ असार । बलिउड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’लाई लिएर चर्चामा छिन् । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।
ब्याड न्युजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्, ‘वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो । जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसेँ । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ । भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।’
तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।
उनले यस वर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् । उनले एनिमल-२ को विषयमा आफूलाई निर्देशक सन्दीप रेड्डी वांगाले केही नभनेको बताउँदै आफूलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् ।
तृप्तिको ब्याड न्युजपछि धडक-२, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी-३ जस्ता फिल्म आउँदै छन् ।








प्रतिक्रिया