
काठमाडौं, २२ असार । जारी युरोकपको क्वाटरफाइनलमा आज इग्ल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदखि सुरु हुँदैछ ।
इग्ल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
त्यस्तै, स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
इग्ल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा इग्ल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै, ५ खेल बराबरीमा सकिएका छन् ।
इग्ल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।
त्यस्तै, स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यही युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ ।
१९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।









प्रतिक्रिया