१७ असार २०८३, बुधबार

यस्तो छ ‘बेहुली फ्रम मेघौली’को र्‍‍याप गीत

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । आउँदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को र्‍‍याप गीत रिलिज गरिएको छ ।

फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ । भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिनुभएको छ ।

उमेर पुगेका युवायुवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने विषय गीतले बोलेको छ ।

रोचक कुरा के छ भने गीतमा देखिएका अधिकांश कलाकार अविवाहित छन्, जसलाई अक्सर विवाहकै प्रश्न आउने गर्छ ।

गीतसँगै फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यसअघि दशैं मात्र भनिएको फिल्मलाई आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएको छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधरलगायतको पनि अभिनय छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का हुनुहुन्छ ।