२४ जेष्ठ २०८३, आइतबार

‘ए’ ग्रेडमा रहनेगरी सन्दीपसँग क्यानको सम्झौता

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गरेको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ‘ए’ ग्रेडमा रहनेगरी केन्द्रीय सम्झौतामा अनुबन्धन गरेको हो । ‘ए’ ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

क्यानको केन्द्रीय सम्झौताको ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यस्तै, ग्रेड ‘बी’मा भने कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

त्यस्तै, ग्रेड ‘डी’मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सूर्य तामाङले मासिक ३५ हजार पाउने क्यानले जनाएको छ ।