
काठमाडौं, २१ असार । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको घर’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडियो सार्वजनिक गरिएको हो । गीतमा ढकाललाई बाल कलाकार आर्या वाणीले साथ दिनुभएको छ । हरि लम्सालको रचनामा तयार भएको गीतको एरेन्ज भने सुरज श्रेष्ठको रहेको छ ।
भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।
भिडियो सार्वजनिकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै गायक ढकालले आफ्ना पुराना गीतहरुमा भन्दा मायाको घर फरक शैलीमा रहेको बताउनुभयो । उत्कृष्ट संगीत र शब्दमा बनेको गीतको भिडियो झनै राम्रो बनेको भन्दै उहाँले हेर्नका लागि सबैमा आग्रह गर्नुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा गायक एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकहरु यम बराल, हेमन्त शर्मालगायतले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।









प्रतिक्रिया