३१ असार २०८३, बुधबार

‘वर एन्ड वधु’को प्रदर्शन मिति तय

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ ।

बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म तीजलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको छ ।

सार्वजनिक पोस्टरमा भने अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । यसमा आँचल र विवेकले एक्सन पनि गर्नुभएको छ । फिल्ममा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्तलगायतको पनि अभिनय छ ।

फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा हुनुहुन्छ । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन छ । फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भन्ने जनाइएको छ ।

नेपाल र रोमानियामा छायांकन भएको फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी दिनुभएको छ ।