३० असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बुधबार युरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र युरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।