
काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान शंसोधनको गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गर्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान शंसोधन गर्ने कुरा उठाइरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘मध्यरातमा नेपालीकांग्रेस र एमालेकोबीचमा सरकार गठनको लागिजुन सहमतिभयो भनेर मिडियामा आइरहेको छ, त्यो नेपालको राजनीतिकइतिहासमा एउटा परिघट्ना हो । यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढिरहेको भन्ने थाहा हुन्छ । संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान शंसोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रुपमा षड्यन्त्रकारी ढङ्गले अघि बढ्नु सान्दर्भिक होइन ।’
शान्तिप्रक्रिया पश्चात प्राप्त गरेका उपलब्धीहरुलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संसोधनको चर्चा भएको उहाँको भनाइ छ । उहाँले वर्तमान उपलब्धी उल्टाएर ०४७ सालको संविधानको दिशामा लान खोजेको त होइनभन्दै आशंका व्यक्त गर्नुभयो ।








प्रतिक्रिया