
काठमाडौं, १९ असार । भारतलाई टी–२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी–२० अलराउन्डरको वरियतामा शीर्ष स्थानमा उक्लिनु भएको छ ।
आइसीसीले बुधबार सार्बजनिक गरेको वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा उक्लिनु भएको हो । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिनु भएको हो ।
त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुग्नु भएको छ ।
त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम हुनुहुन्छ ।








प्रतिक्रिया