
काठमाडौं, १९ असार । नेकपा (एमाले) ले आज सरकारबाट आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको सामना गर्ने अडान लिएपछि एमाले आज सरकारबाट बाहिरिन लागेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ । नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ ।








प्रतिक्रिया