
काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीभित्र आफूमाथि व्यक्तिगत जीवनलाई जोडेर प्रहार भएको भन्दै आपत्ति जनाउनु भएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै उहाँले आफ्नो व्यक्तिगत जीवनमाथि नै प्रहार भइरहेको भन्दै आपत्ति जनाउनु भएको हो ।
प्रस्तावमा भनिएको छ, ‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् ।’ देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गर्नु भएको छ ।
पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाउनु भएको थियो ।
उहाँले राजनीति छोड् भने छोड्न तयार रहेको पनि स्पष्ट पार्नु भएको छ । ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस्,’ उहाँले भन्नुभएको छ ।








प्रतिक्रिया