९ असार २०८३, मंगलबार

टर्की युरोकपको क्वाटरफाइनलमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यस्तै, अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।

यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।