२१ असार २०८३, आइतबार

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त हुनु भएको छ ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गर्नु भएको हो । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश हुनु भएको थियो ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० माघ २३ देखि सचिव पद रिक्त थियो ।