३० जेष्ठ २०८३, शनिबार

राप्रपाले भन्यो- कांग्रेस-एमालेबीच संबिधान संशोधन गर्ने सहमति स्वागतयोग्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संबिधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको जानकारी दिनुभएको हो ।

अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफुहरुले नजिक बाट हेर्ने र सोहि अनुसार निर्णय गर्ने उहाँले बताउनुभयो ।

उहाँले आफूहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताउनुभयो ।