२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनु भएको छ ।

मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।

बैठकपछि जानकारी दिँदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन/चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै अगाडि बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउँदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताउनुभयो ।