२२ असार २०८३, सोमबार

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो ।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै, यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ ।