२८ जेष्ठ २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीलाई बालकोटमा बोलाए

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सबै मन्त्रीलाई निजी निवास बालकोटमा बोलाउनु भएको छ ।

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई बोलाउनु भएको हो । पछिल्लो समय सत्ता समीकरण परिवर्तन हुन सक्ने आशंका पैदा भइरहेकामा अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएसँगै सम्भावित सत्ता परिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ ।